~रामगोपाल ‘आशुतोष’~
भुल्ने एक बहानामा तिमीलाई सम्झिरहें
फुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।
छातीभरि वेदनाका छालहरू छचल्किँदा
घुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।
पूर्णिमाको उज्यालोमा, जूनभरि तिम्रो रुप
खुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।
बिहानीझैं ब्यूँझिएर आफूभित्र तिम्रो विम्ब
हुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।
जुनेलीको प्रकाशमा रम्दै एक्लै बगैंचामा
डुल्ने एक बहानामा तिमीलाई सम्झिरहें ।।
रामगोपाल ‘आशुतोष’
भक्तपुर
(स्रोत : विश्वन्युज डट कम )