~जेकी चाप्चा राई~
हाम्रो कोक्पाहरु, बाउहरु, दाजुहरु
तन्नेरी गुर्खाज–लाहुरे हुँदा,
बेलायती राजमुकुट र झण्डाहरुको लागि,
भोक थामेर परेड खेलेको छ
भोकै युद्ध लडेको छ ।
त्जभ दचबखभकत या तजभ दचबखभ
बहादुरी–स्याबासीहरु थापेको छ
छात्तीभरि युद्ध मेडलहरु टल्काएको छ ।
उसको आधा जोबन,
बेलायती बफादारीलाई नै भेटी चढाउँछ
रेशम फिरिरि गाउँदै–नाच्दै घर फर्किन्छ ।
जब उसले बुझ्छ, उ ठगिएछ !
उसलाई त खप्लेटो पेन्सन पो भि¥याइएछ
उनै हाम्रो कोक्पाहरु, बाउहरु, दाजुहरु
बुढो गुर्खाज–लाहुरेमा बदली हुँदा,
बेलायती प्रधानमन्त्रीकै बिल्डिङ अगाडि,
तिनै ब्रिटेन जितुवा युद्ध मेडलहरुसँगै
अन्यायको प्ले–कार्ड झुण्डयाउँउछ !
रातैभरि–दिनैभरि नाङ्गो आकाश ओढेर
२४ घन्टे भोक हड्ताल बस्दैछ
जेकी चाप्चा (दिपक राई)
धरान, खोटाङ, हाल: फ्रयाङ्फर्ट, जर्मनी
(स्रोत : विश्वन्युज डट कम )