कविता : सौम्य क्रोध

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

क्रोध,
मैले सालीन र सौम्य क्रोध देखाँए ।
मेरो उर्जाशील अङ्गहरु चलाएँ
बुझनेले बिस्तारै कठोर भने
तर,
सिक्काहरु उछालेर हरेक पाटोहरुलाई
एकएक गरेर नियाले
मैले भबिष्य संग दाँजे ।
मेरो पिरोलीएको छाँयालाई फिजाँए ।
उसको बाहुपासमा
मैले जान संधष्र्ष गरे ।

असफल,
मेरो अर्कौ सानो सफलता
दुई बिपरीत ध्रुब
गुरुत्वाकर्षण को बलले तानीनुछ
तर,
बिस्तारै सुक्दै गएको साँघुरो खहरे
मेरो सारा बैंसलाई खण्डीत गर्दै छ ।
मेरो बैभबता मैले जाच्नु छ ।
मरो अभिलेख यही हो,
क्रिडाले पग्लीएको ।

तिर्सना,
मलाई अर्कौ तिर्सना जाग्यो
मैले ननापेको हैसीएत
तिम्रो सुन्दरता ले नाप्यो ।
तर,
चमत्कारीक बिश्व मान चित्रमा
अग्लीएको चुचुराहरुबाट
सजिलै तिर्खा मेटीदीन
तिमी संग मित लगाउनु पर्छ ।

गन्तब्य,
मेरो बित्ताले नापेर दौडीदैछु
कहीले दक्षीण
कहीले पुर्ब
मेरो मानो भरीदैछ ।
मेरो बग्रेल्ती अपच आशाहरु
झरी
बादल
हरेक यामको बिस्कुन झैं उत्तानो छन् ।
तर,
शेष मेरो जिन्दगीले
निम्छरो मेरो शरीरले
उनी संग बसाईको चाहानामा
पौंठेजोरी खेल्दैछन् ।

………डिसेम्बर १३ २००९

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.