~कल्पना राई ‘खुशी’~
तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौं, बाच्नुपर्ने एक्लै एक्लै
तन टाढा भए पनि, मनको दूरी छैन कत्ति
सपनीमा भेट हुँदा, हुन्छौ एकै दियो बत्ती
साथ सबै बिर्सुँ भन्छु, आइदिन्छ याद बनी
सबैसामु हाँस्नै पर्छ, आँशु जति बगे पनि
तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौं, बाच्नु पर्ने एक्लै एक्लै
तारा पनि झर्छ हेर गगनको साथ छोडी
कोशी पनि बग्न थाल्यो आज आफ्नै धार मोडी
भेट्नु छुट्नु रीत रै’छ, सम्झनाको जालो बुन्दै
जुनी त्यसै बित्ने भयो कल्पनामा याद तुन्दै
तिमी हिँड्ने बाटो बेग्लै, मैले हिँड्ने बाटो बेग्लै
घाम छायाँ जस्तो भयौं, बाच्नुपर्ने एक्लै एक्लै
कल्पना राई”खुशी”
दोलखा, नेपाल
हाल : दक्षिण कोरिया
(स्रोत : विश्वन्युज डट कम )