~मीना पुमा राई~
म त सधैं तिमीलाई चोखो माया गरेको मान्छे
तिम्लाई खुसी मिल्छ भनी आफैँ मरेको मान्छे
बहाना गरी मायाको झेल गरेर रुवायौ फेरि
विश्वासको नाटक गरी खेल गरेर रुवायौ फेरि
अब कैले रुन्न भन्थे दिलमा चोट परेको मान्छे
तिम्लाई खुसी मिल्छ भनी आफैं मरेको मान्छे
माया दिए विश्वास दिए मनमुटु भयो खाली
स्वार्थ लुटी टाढा भयौ तिमी रैछौ साह्रै जाली
नफुल्दै चाहनाहरु ओइलिएर झरेको मान्छे
तिम्लाई खुसी मिल्छ भनी आफैं मरेको मान्छे
मीना पुमा राई
खोटाङ
(स्रोत : विश्वन्युज डट कम )