~प्रकाश सापकोटा~
तिम्रो जीवन भयो होला झालेमाले सानू
आफूलाई त चिन्तैचिन्ता अरुखाले सानू
जव तिमी बाहिरियौ मेरो घेराबाट
परायाले कुन्नी के के भन्न थाले सानू
तिमीलाई त वाह-वाही जता गए पनि
मलाई पो त छोपीदियो सन्नाटाले सानू
तिमी उता महलकी मालिक्नी भएछौ
म त हेर, भएकोछु वनपाले सानू
तिम्रो खुशी देख्ने छैन टाढा गएँ भने
त्यही भएर गरिरा’छु आलेटाले सानू
2009-02-27
बनेपा, काभ्रे,
हालः दोहा
(स्रोत : ईलम्जुङ् डट काम)