गजल : उस्तै लाग्यो

~बीजे विद्रोही राई~bj-bidrohi-rai

शहर फेरिएछ, रुप फेरिएछ गाम उस्तै लाग्यो ।
नेता फेरिएछन् कुर्सी फेरिएछ काम उस्तै लाग्यो ।।

विकासको ढोंग फुक्दै महलबाट मेचीकाली हेर्ने
छानोविहीन जनताको थाप्लो सेक्ने, घामउस्तै लाग्यो ।

किसान–सर्वहाराले पेट पाल्न ठेला र रिक्सा तान्दा
महल बसी रिमोट चलाउनेको जामउस्तै लाग्यो ।

इतिहासदेखि विक्षिप्त र अपदस्त नेपाल आमा,
मल्हमपट्टी गर्नेले नै देको निल–डाम उस्तै लाग्यो ।

रुकुम–रोल्पा, इभाङ–सुखानी कर्णालीको व्यथा त्यस्तै
बन्दुकको भयले फेरि चुनावमा लामउस्तै लाग्यो ।

बीजे विद्रोही राई
भोजपुर
हाल इजरायल

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.