कविता : आधुनिक देउराली

~वैकुण्ठराज आचार्य~

कति सुस्ताए उकालो चढदा–चढ्दै
कति रोकिए ओरालो झर्दा–झर्दै
कतिले भारी बिसाए गीत गाउँदै
कतिले घर बसाए माया साट्दै

तर अब हिंड्दैनन् यहाँ कोही
अर्कै गाडी चल्ने बाटो बनेको छ
देउराली सुनसान भएको छ
यहाँ धेरै कुरा बदलिएको छ

हरियो फाँट कंक्रिटको जंगल बनेको छ
गुन्यू–चोलो कुर्ता–सुरुवाल बनेको छ
दौरा–सुरुवाल सर्ट–प्यान्ट बनेको छ
बा–आमा ड्याड–मम बनेको छ

घोत्लिरह्यो देउराली अब बदलिनु पर्छ
म पनि एउटा ‘भ्यु–प्वाइन्ट’ बन्नु पर्छ
युवा–युवतीको प्रिय ‘लभ–स्पट’ बन्नु पर्छ
समय समयमा ‘कन्सर्ट’ गर्नु पर्छ

वैकुण्ठराज आचार्य
डालस, टेक्सास

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.