गजल : हिमाल छ म सँग

~लोक राज भट्ट~Lok Raj Bhatta

चाँदीको मुकुट पहिरीएको, हिमाल छ म सँग,
कस्तुरी र डाँफे सँगै, मुनाल छ म सँग।

एकताको मन्दिरमा, अगरबत्ति बाल्ने,
बिबिध भाषा संस्कृतिको, चाल छ म सँग।

प्रकृतिले सोभायमान, लेक बेशी हाम्रो,
सेती नदि अनि सुर्मा, ताल छ सँग।

सुन फलाम तामा खानी ,जस्ता कयौ चिजको,
सम्भाबना बोकेको, मसाल छ म सँग।

यार्सागुम्बा पाँच औले र,सयौ चिज को धनि,
सुन्दरताले गिज्याई रहने,नेपाल छ म सँग।

लोक राज भट्ट
वायल डोटी
हाल धनगढी

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.