कविता : हिँड्‌दा हिँड्‍दै

~मधु माधुर्य~Dr Madhu Shrestha Madhurya

यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दै
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन

बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठ्छन्‌ र सुत्‍छन्‌
‘अँधेरो’लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा
उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन
सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन

ईमान समेत बिक्रि हुने हाट-बजारमा
सबै कुरा मैले किनिसकेको छु
सँगत गर्दा गर्दै
दुईखुट्‍टे ‘जन्‍तु’लाई
‘मान्‍छे’ भनी चिनिसकेको छु
सायद यो शहरमा मेरो काम छैन

मेरो अस्तित्व यहाँ –
एउटा औपचारिकता मात्र भइदिएको छ
देशको निधार छोप्‍ने
लोकतन्‍त्रको तुल जस्‍तो !
पानी रहित
खोल्‍सो माथिको पूल जस्‍तो !!

मास्‍को ,रसिया

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.