~राकेश कार्की~
रिक्तता र तिक्तताको गजल पस्किरहेछु म
चुँडिन लाग्या झोलुंगे पुल झै खस्किरहेछु म
आँखाहरु एकटक छन् लाग्दै लाग्दैन निन्द्रा
नदेखेको सपनासँग पनि झस्किरहेछु म
हिडदा हिडदै जिवनको चौबाटोमा अल्मलिएर
धोका पाएको मुटु जस्तै चस्किरहेछु म
होमिईसकेका बाध्यताका सम्झौताहरुमा
सहमति नै बिना दस्तखत बनि धस्किरहेछु म
सबैथोक गुमाएर गुमाउनु मै रमाएर
होश नभएको बहुला झै मस्किरहेछु म
2009-03-02
लस् एन्जेलस्
(स्रोत : ईलम्जुङ् डट काम)