गीत : बाँचीदिएकै छु

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु.
मन्द-मन्द निस्वास यो,साँचीदिएकै छु.

सधैभरी बसन्त नै, कहाँ झुलिरहंछ.
ऋतुसंगै जीवन यो, यहाँ डुलीरहन्छ.
चाहनाको फूलहरु, झर्न नपाउदै.
थुंगा-थुंगा बटुलेर, गाँसीदिएकै छु.
टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु.

बाटोभरी खुशीमात्र, कहाँ भेटिन्छ र
आँशुले नि मृगतृष्णा, कैले मेटिन्छ र
परेलीमा मोतिहरु सुक्न नपाउदै
थोपा-थोपा खसालेर, हाँसीदिएकै छु
टुक्रा-टुक्रा जिन्दगी यो, बाँचीदिएकै छु.

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.