~इलामेली टीकाराम दुलाल~
छन्द : तोटक
म त चुल्बुल गर्छु र चञ्चल छु
ति मिठास नि छर्छु र चञ्चल छु ।१।
पर भाग्न नखोज न आज यहाँ
म तिमी निर सर्छु र चञ्चल छु ।२।
म त लोचनको मृदु मोहनिले
रस प्रेम नि भर्छु र चञ्चल छु ।३।
म त यो प्रितको भवसागरमा
सब थोक नि गर्छु र चञ्चल छु ।४।
२०७३।०२।०१ रोज ७
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )