गजल : कर्णाली भाइहरु

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

खोजिरहेछ युवाहरुलाई कर्णाली भाइहरु ।
तर फर्किन्छन् बाकसभित्र नेपाली भाइहरु ।

दोष के हुन्छ र नवपालुवाको, हुर्कन दिइन्न
कोपिलामै निमोठिरहेछन् ती माली–भाइहरु ।

यहाँ सिङ्गो गाउँ मिचिन्छ, चुप लागेर बस्दा
ताँछिरहेछन् हेर, दिनदिनै खेतका आली भाइहरु ।

यो बाँदरले देखिसहन्न, मेरो गुँड भत्काइरहेछ
काटिरहेछन् ‘बुलबुल’ बसेको डाली भाइहरु

लमही नगरपालिका ७ सेमरहवा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

प्रतिकृया छोड्नुहोस्

  • प्रतिकृया छोड्नुहोस् (0)
  • फेस्बुकबाट प्रतिकृया छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.