~इन्दिरा प्रयास~
बिहानी लाली
बादलु घुम्टो भित्र
परेड खेल्छ ।१।
अध्येरी रात
काला ब्यापारीहरु
सुत्छन् र कहाँ? ।२।
कालीयुगमा
सेतो नि कालो पार्ने
धुर्त विद्वान ।३।
बन्द कोठामा
अडिन्न कबी मन
प्रकृति भुली ।४ ।
कति सुन्दर छ
पहाडी यि टाकुरा
मनै लोभ्याउने ।५।
तुसारो बीच
कठांगृएको तन
चिया पर्खदै ।६।
औशी रातमा
चन्द्रमा पर्खने त
मुर्खै हैन र? ।७ ।
पस्किदै छु म
भावनाका लहर
प्रभात सँगै ।८।
छोटा कबिता
मीठा ति भाव गङ्गा
साहित्यिक् कला ।९।
शान्त समुन्द्र
अतालिदैन कति
छँगाले हान्दा ।१०।
बलियो हुन्छ
गोली बारुद भन्दा
कलमको निभ ।११।
आफै खिएर
प्रकाश छर्छ मैँनले
जस पाउँदैन ।१२।
सन्की बिजुली
थाहा नदिई गई
लुटेरा मख्ख ।१३।
आँशु लुकाई
मान्नु है चाडपर्व
प्रवासमा पनि ।१४।