गजल : भेट होला जस्तो लाग्दैछ

~केशब आचार्य ~Keshav Acharya_1

तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ
प्यास मेरो हृदयको फेरी किन जाग्दैछ ।

बिछोडका घाऊहरु आलै छन छात्तिभित्र
जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ ।

जति भुलौ भन्दा पनि याद ताजा भै दिन्छ
माया मेरो फेरी किन तिम्रो पछि भाग्दैछ ।

केही थियो सीमा रेखा कोरिएको हामीबिच
अनायस जिन्दगीले किन सिमाना नाघ्दैछ ।

बोल्डर् , कोलोराडो, अमेरिका

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.