गजल : न्यानो लाग्न थाल्यो

~लक्ष्मन सागर ~

सूर्य मलाई सधैं भरि न्यानो न्यानो लाग्न थाल्यो
दुबईको मायाहरू भित्री मनमा जाग्न थाल्यो

रोल्पा सल्यान बसको सयर ४९३७ बाट गर्यौ
टिभी देखाई दाङ घोराहिमा हर्ष माग्न थाल्यो

पलहरू फिल्मी ईभेन्ट कुदिरहन्छौ सधैं तिमी
तिम्रो लगन आस्था पाई श्रद्धाले नाँघ्न थाल्यो

यी बरै गाँउ बेशीका कल कल खोला कति मिठा
उदास् उदास् पर गाँउमा आफ्नापन भाग्न् थाल्यो

2009-02-27
दाङ
हाल दुबई यू.ए.ई.

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.