~श्रृजना क्षेत्री~
तिमी सँग माया अब लाउने छैन बुझ्यौ!
भेट्न भनी दोबाटोमा आउने छैन बुझ्यौ!
निश्चल माया गर्दा पनी शंका गरिरह्यौ
भुलेर नि पापी मनमा छाउने छैन बुझ्यौ!
हराउदै तिम्रो समझना मा घरीघरी म
मायाको गित अब देखी गाउने छैन बुझ्यौ!
मेटाई दिए हुन्छ अब मेरा सबै यादहरु
झझल्को मा अब तिम्रो आउने छैन बुझ्यौ!
असह्य पिड़ा बनी ढुकढुकी माँझ सधै
दुख्ने तिम्रा यादहरु बल्झाउने छैन बुझ्यौ!
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )