कविता : मलाई भन्न मन लाग्छ…….

~ऋषि पाण्डेय~rishi-pandey

मलाई भन्न मन लाग्छ,
देश बनाउँछु भन्नेहरुलाई
नयाँ नेपाल बनाउन
पुरानो नेपाल भत्काउनेहरुलाई ।

मलाई भन्न मन लाग्छ,
कानुन बनाउने महामहिमहरुलाई
कानुन पालना गराउने महासयहरुलाई
टेबुल मुनिबाट रकम असुली
कालोलाई सेतो बनाउनेहरुलाई ।।

मलाई ब्युताउन मन लाग्छ,
मल्लिक र रायमाझि आयोगहरु
लाउडा र धमिजा काण्डहरु
चेज एयर र चाईना साउथ बेस्ट काण्डहरु ।।।

मलाई सत्य निरुपण आयोयमा
पटक्कै बिश्वास छैन,
बेपत्ता नागरिक फिर्ता हुनेमा
बेपत्ता बनाउनेहरुलाई कारवाहि हुनेमा
संम्पत्तिको हद बन्दिमा,
सुकुम्वासी ले जमिन पाउनेमा,
मलाई बिश्वाश छैन,
जग्गा कब्जामा बिश्वास छैन,
फिर्ता हुनेमा पनि बिश्वास छैन ।

तर,
मलाई बिश्वास छ, आयोगहरु पक्कै बन्ने छन
छानबिन को नाममा अर्को नौटंकी हुने नै छ
आयोग सदस्यहरु सहमतिमा तोकिने छन
माओवादी, काँग्रेस, एमालेहरु र फोरमहरु
सहमति पहिले हुने छ त्यहाँ,
आ आफना कार्यकर्ता दोषी भेटिएमा
कारवाहि नगर्ने गोप्य सहमति
पुलिस र सेनालाई कारवाहि हुने छैन त्यहाँ
किनकी कारवाही गर्दा प्रतिगमन हुन सक्छ,
जन सेनाको बारेमा त कुरै नगरौ,
त्यो त अन्तराष्ट्रिय सेना
अनमिन बाट प्रमाणित
कालीबहादुर गण मात्र होईन
कालीबहादुर खामहरु बस्ने गण ।

मलाई शहिदको सपना पुरा हुनेमा बिश्वाश छैन,
तर शहिदको संख्या बढने मा बिश्वस्त छु म,
संम्मान पत्र र दश लाखको चेक,
छात्रबृद्धि कोटा नेताका छोराछोरीलाई ।
वर्षा एकपटक बाटोमा पाउडर र्छर्किदै
माल्याअर्पण को नाटक, सहिद सलामि —

देशमा बिकाश नभएकोमा चिन्ता नलिए पनि भो
भएकाहरु नभत्किए त्यसैमा खुशि हुदा पनि भो,
ज्ञानेन्द्र गएकोमा के नै खुशि हुनु र खै अब
ग्रिब देशले ६०१ जना सभासद पाल्नु पर्ने भो ।

सबै मिल्दा हुन्छ अब यहाँ को नै कसको शत्रु छ र –
राष्ट्रपति र रक्षामंन्त्रि नै किन चाहियो –
अरु मै कमिशन मिलाउदा हुन्छ अब,
सत्ता छोडने ध्वाँस नदिए पनि भो,
ज्ति सकिन्छ कमाउदा हुन्छ ,
सेना समायोजन नभए के भो र –
भत्ता बढाएर सत्ताको रक्षा गर्दा हुन्छ,
ज्ञानेन्द्रको पाउमा मोहोर राखेर ढोग्नेहरुले
प्रचण्डसंग हात मिलाएर चित्त बुझाउदा हुन्छ ।
गए हात मिलाउन नचाहने
मोरियार्टी र बुसहरु
मनमोहन सिंह र ओवामाहरुलाई
अंगालो हाल्दा पनि हुन्छ ।

राजाका सालिकहरु भत्काएर
आफनै राख्दा हुन्छ अब,
नँया नेपाल बन्ने नै भो
ढुक्क संग सुत्दा हुन्छ अब
ढुक्कसंग सुत्दा हुन्छ अब………..

मलाई भन्न मन लाग्छ,
देश बनाउँछु भन्नेहरुलाई
नयाँ नेपाल बनाउन
पुरानो नेपाल भत्काउने हरुलाई ।

अर्घाखाँची, भगवती ५
हाल आवुदाबि

(स्रोत : लम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.