~कृष्ण पहारी~
हिजो आज त
मनहरू बुढा भएछ्न र
मन ले गर्न सक्ने कामहरू पनि
अव त गर्न छोडेका छन्
पीडित मनहरू कैले काही
सानो कुरामा पनि कुडिन्छन्
मनहरू भित्र भित्र दुख्छन्
डाको छोडेर रुन थाल्छन
बुडा भएका मनहरू यस्तै हुन्छन् ।
मनहरू कैले काहीँ
भित्र भित्र धुजा धुजा भएर च्यातीनछन्
चोइटा चोइटा भएर टुकिन्छन्
बुढा भएका मनहरू
सानो कुरामा पनि फाट्छन्
हास्न जान्दैननै
रुन जान्दछन
बुढा भएका मनहरू
तन्नेरी मन जस्तो कहाँ हुन्छर ।
बुढा भएका मनहरू
बच्चा जस्तै हो भन्छन
आसा को तान्द्राहरू उमारेर
लथालिङ बनाउँछन बुढा मनहरू
मिठो रसिलो
चिप्लो चाप्लो
नरम र मुलाएम
पेट भरि खाने र नरम ओछेन मा
सुत्ने रहर मै बुढा मनहरू निदाउँछन ।
कैले काही बुढा मनहरू ले
चित्त फटाल्छन र
आफै सिउँन थाल्छन
सियो मा धागो उनेर
तुन्छन उद्रेको ठउँहरु
तै पनि बुढा मनहरू
आसै आसै मा जीवन बिताइ रहन्छन ।
धेरै बुढा मनहरू
मृत्यूलार्इ अङालेर बाँच्न खोजेका हुन्छन
पिडाहरू ओकेल्न नसकेर
आसु बगार्इ रहेका हुन्छन
सपनाहरू बगर बनाएर
एक गिलास पानी पिउने
आस् को खातिर
मिर्तुका दिनहरू पर्खेर
चितामा जली रहेका हुन्छन
अभागी बुढा मनहरू
पोखराथोक, पाल्पा, तानसेन ।