~प्रकाश सापकोटा~
किन मलाई यति साह्रो नभएको चैन हजुर
पग्लिँदैछु भित्रभित्रै भए क्यारे मैन हजुर
आनन्दको कन्दमुल मुग्लानको जंगलमा
कति खोजेँ, कति खोजे यहाँ पनि छैन हजुर
क्रीडा खोज्यो पीडा मिल्छ जताततै दुनियाँमा
मुखै फोरी भनौं कि त कहिँको नि रै न हजुर
किन, त्यस्तो अचम्म भो मेरो कुरा सुन्दाखेरि
म पनि त मान्छे परे अरु प्राणी हैन हजुर
लौ न यसै निभ्ला-निभ्ला जस्तो भयो प्रकाश यो
अधुरैमा निभ्नु चाहि हुन्छ कि हुदैन हजुर
2009-02-27
बनेपा, काभ्रे,
हालः दोहा
(स्रोत : ईलम्जुङ् डट काम)