~जय सिंह महरा~
सुर्याेदयसँगै एउटा आशाको किरण उदाउनुपर्ने,
मनका ओठमा मुस्कान खितखिताउनु पर्ने
फक्रिदै गरेका काेपीला फुल्न पाउनु पर्ने
दैव
यस्ताे ठाँउमा छु
जहाँ बिहानसँगै सपनाका डिलबाट आँशु झर्छन्
हृदयकाे सुक्क सुक्कले बाेली बन्द भएकाे हुन्छ
सबैभन्दा देख्नै नसकिने, साेच्नै नसकिने
स-साना काेपीलाका घाँटी निमाेठीदैछ
सायद म
देवभुमीमा भएर नि दानव बस्तीमा छुं
जहाँ यस्तै यस्तै दैनिकी चलिरहेको हुन्छ
र ! एकचोटि मर्नुपर्ने एकै घडीमा हजारचाेटी
आफैलाई मनकाे चितामा जलाईरहेछुं
(स्रोत : रचनाकारको ब्लगबाट सभार)