~सौगात बस्नेत~
साथी को घर म जहिले घर गएको बेला सधै नै जान्छु | उसको घर को सानो परिवार त्यै परिवार को एउटा सदस्य सरह थियो कान्छा | मलाई त राम्ररी चिन्दैन थियो नचिने पनि केहि दिन को बसाइ मा नजिक हुन थालेको थियो |
कान्छा संग को भेट भनेको एक बर्ष मा एकचोटी हुन्थ्यो त्यहि नि केहि समय को सामिप्य मा नजिक भैहाल्थ्यो | कान्छा संग मेरो भेट यो सहित २ चोटी हुन पुगेको थियो |यस भेट मा कान्छा पहिले जस्तो चंचल पाएन मैले , एउटा कुना मा चुप लागेर बसिराको थियो | मैले सोधे साथीलाई “के भयो कान्छा लाइ चुप लागेर बसिरको छ त ” अलिक बिरामी भएको छ | त्यहि समय भित्र बाट आवाज आयो “कान्छा आइज खाना खान लाइ भनेर ” बिस्तारै कान्छा अल्छी गर्दै भए पनि बिस्तारै भित्र गयो | भित्र आमा कान्छा को खाना लिएर बस्नु भएको रहेछ |
कान्छा फेरी खाना खाएर त्यहि कुना मा आएर बस्यो | बिस्तारै म नि कान्छा को नजिक पुगे, सुरु मा कान्छा अलिक पर हुन खोज्यो मैले मेरो छेउ मा बोलायेसी आएर छेउ मा बस्यो |
कान्छा के भयो भन्दा मौन भएर टाउको मात्र हल्लायो कान्छा ले एकछिन छेउमा बसेर कान्छा त्यहि कुना मा गएर बस्यो |
कान्छा एक दुइ दिन भन्दा भन्दै धेरै नै बिरामी भैसकेको थियो | बिस्तारै कान्छा त्यो कुना बाट अगाडी आउन नि नसक्ने भएको थियो | अब उसलाई खाने कुरा पनि त्यहि दिनु पर्ने भएको थियो | कान्छा को आखा बाट आसु झरिरंथ्यो .अनि आमा ले “कान्छा तिमीलाई कति गारो भाको छ है ” भन्दा मन नै चसक हुन्थ्यो |
आमा को माया कान्छो ले नि मज्जाले बुज्थ्यो आमा को सामिप्यता उसलाई सधै प्यारो लाग्थ्यो | आमा सोफा मा बसेर आउ कान्छा माथि भन्दा कान्छा हेरेर मात्र बस्थ्यो | उसको पिडा देख्दा लाग्थ्यो ” कति पिडा सहेर बस्छ्स कान्छा किन एस्तो भएको होला जस्तो लाग्थ्यो कान्छा लाइ “कान्छा केहि गर्न छोडिसकेको थियो | कान्छा लाइ भित्र भित्रै रोग ले गलाई सकेको थियो | डाक्टर लाइ देखाउदा नि कान्छा लाइ सिरिन्ज दिदा आमा कान्छा लाइ दुख्यो है भन्दै सामिप्यता देखाउनु हुन्थ्यो |
कान्छा लाइ अब दबाइ ले भेट्न छोडिसकेको थियो ,डाक्टर पनि अब कान्छा केहि दिन को पाहुना मात्र हुन्छ होला भन्न थालेका थिए | एक दिन को कुरा हो बिहानै कान्छा अरु दिन भन्दा अलिक चंचल भएको थियो लग्यो कान्छा अब निको हुन्छ बिस्तारै आमा पनि खुसि हुनु भएको थियो | त र कान्छा को अन्तिम चोटी सिरिन्ज लाउन बाकी थियो ,डाक्टर आएर कान्छा लाइ सिरिन्ज लाइदिए .सिरिन्ज लाएको केहि समय पछि कान्छा झन् गार्हो महसुस गर्न थाल्यो | हामी सबै उसको पिडा मा आतियेउ आमा ले डाक्टर लाइ दोष दिन थाल्नु भयो केहि समय को पिडा पछि कान्छा ले हामीलाई सधै को लागि अलबिदा भन्यो |
आमा आसु झर्दै भित्र जानु भयो | कान्छा ले पिडा बाट मुक्ति पायो तर हामीले एउटा सदस्य घुमायेउ | कान्छा सधै नि अझै पनि म त्यो ठाउँ जादा तेरो अभाब महसुस गर्छु छेउ मा आएर त जहिले बस्थिस म सुम्सुमौथे रुप पशु को भए नि मन मानब प्रजाति को लिएर बसेको थिस | माथिक हरफ मा तलाई आफ्नो परिवार मान्थे म …त्यहि भएर कुकुर भनेर तलाई सम्बोधन गर्न सकिन | कान्छा तलाई घर को पछाडी पुरेको ठाउँ मा अहिले बिरुवा हुर्केर सितल दिएर बसेको छस तेरो नि स्वर्ग मा सितल बास होस् |
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )