गजल : रुनेहरु हास्दा पनि

~प्रेम चापागाईं~

हास्ने अझ हासी राछन् रुनेहरु हास्दा पनि
नहुने कै दसा चल्छ हुने हरु बास्दा पनि

दुखियाको टालो हुन्छ झुत्रो हुन्छ कपडाको
सम्पन्नको स्टायल हुन्छ त्यही झुत्रो टास्दा पनि

को बोल्ने र तिनी संग जाने पनि देखे पनि
गोद्छु भन्दै बोटका सबै हाँगाहरु लास्दा पनि

दिने आफै खाने आफै बोल्ने कुरा अर्कै हुन्छ
खुसिनै छन् देश बेची साइनो गाडा गास्दा पनि

(स्रोत : Damkdotcom)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.