कविता : मेरो देश

~संजु रायमाझी~

म मरेको लाश सरि याँहा
मेरा देश मर्दा म बाँची रहे
म बाँची रहे म हांसी रहे
मेरो देश याँहा मरि रह्यो !

बेदनाको हरेक चित्कारमा
काटिएका हरेक घाऊ मा
म आलो नुन छरी बसे
म मरेको लाश, सरि याँहा
मेरो देश मर्दा , म बाँची रहे

चन्द्र ,सुर्य अंकित झन्डा मेरो
प्राण भन्दा प्यारो झन्डा मेरो
पराईले डण्डा हान्दा समेत
म बाँची रहे म हांसी रहे!!
मेरो देश याँहा मरि रह्यो !

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.