कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~Balaram Timilsina

यो बेला नबले आगो कहिले बल्छ दनदन ?
नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ?

आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो
मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

थोत्रे यो घर भत्काई नौलो बन्दै छ भव्य कि ?
अन्यायी यो थिती मासी थिती बस्दै छ सभ्य कि ?
थोत्रे यै घरमा फेरि बस्नु पर्ने भयो भनी
देशैभर यसमै ठूलो चर्काचर्की हुँदै छ नि

यौटा कस्सिन्छ जस्तो छ त्यस्तै राखी नयॉ गर
अर्को झोक्किन्छ थोत्रोमा आशा छैन रतिभर
यौटा राजा बनेको छ ढाकाटोपी भिरे पनि
अर्को क्रुध्द छ लोभीले फुर्ती धेरै गर्यो भनी

यो बेला नचले ऑधी कहिले भन चल्दछ
यो बेला नजले साथी कहिले मन जल्दछ
ऑधी चल्नु त राम्रै हो उस्ले के ढाल्छ मूख्य हो
मान्छे जल्नु त ठीकै हो उस्ले के बाल्छ मूख्य हो

चलोस ऑधी जलोस मान्छे ढलोस बूढो सबै कुरा
जन्मोस नौलो सवै होऊन मान्छेका सपना पूरा
त्यही संझेर आगोको गीत गाइरहेछु म
ऑधीकासँगमा आज प्रीत लाइरहेछु म !

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.