~कृष्ण पौड्याल~
अमर हो भन्थ्यौ साईनो तोड्यौ आखिरीमा।
सुम्पिएथें मन मुटु फोड्यौ आखिरीमा॥
मुस्कानमा रमाएकी नपुछ्नु थियो आँशु।
पापी दृष्य भुलाएर छोड्यौ आखिरीमा॥
सबैको मायालाई चाख्दै हिड्ने बानी कस्तो।
भेटिएछ घुम्टी अनी मोड्यौ आखिरीमा॥
दुबै हात हल्लाएर बिदा भयौ आज।
घुम्टो शिरमा पराईको ओड्यौ आखिरीमा॥
हसायौ एकै छिन रुवायौ जिन्दगिलाई।
त्यागी यता संसार अन्तै जोड्यौ आखिरीमा॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)