कविता : साथी

~सागर कार्की~Sagar Karki

चेत लुटिदा मेरो
धिरता डगमगाउदा
अनन्त एक्लीएर म आफैबाट
केलाईरहदा रोदनले हृदय
म चाहान्छु तिमी जिस्काउन आऊ मलाई ।

म रिसाउदिन, न कुनै प्रतिकार गर्नेछु
तिमी चलाऊ, अल्झाऊ
या भङ्ग गर मेरो सोच
म तिमीलाई पागल भन्ने छैन
अनभिग्य रहे जस्तो गर्नेछु
म पस्किन्न मेरा हृदयका आँशु
तिमी महसुस गर्नु,
म बोल्दिन कुनै बेदनाका शब्द
तिमी छुनु मलाई,
कोट्याउनु अनि बुझ्नु मेरो पिडा
म अझै राख्दिन मेरा दर्दका कथा ।

म चाहान्छु तिमी आफै जिऊनु मेरो समय
मसँगै मेरो एक्लो दुनियामा
तिमी पनि हराउनु
जहाँ अन्तरमनको बार्तालाप हुन्छ
सोच सोच कै हतियारको झट्टारो हुन्छ
त्यहाँ तिमी र म
नयाँ ईन्कलाप लड्नु छ ।

तिमी हरपल रहनु मेरो साथ
मेरो धिरता डगमगाउन नदिनु
मेरो चेत लुटिन नदिनु
तिमी सम्हाल्नु मलाई
यो अन्तरमनको यात्रामा
कहि कतै हराउन सक्छु
म बोलाउदिन तिमीलाई
तिमी आफै खोज्नु मलाई
म नहराएको जस्तै गर्नेछु
मलाई भेटाएर तिमी खुसी हुनु
अङ्गाल्नु, रुनु, जोरले समात्नु
कतै एक्लीन नदिनु
वरु गाली गर्नु, पिट्नु
म चुपचाप रहे भनेर
नबुझेको जस्तै नगर्नु मलाई
बरु चलाउनु, जिस्काउनु, कोट्याउनु
दुःखेर मन निरस रहदा
भो कोही चाहिदैन भन्छु म
तर साथी,
तिमी एक्लै नछोड्नु है मलाई ॥

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.