~केदार श्रेष्ठ “गगन”~
तिम्रो पनि
मेरो पनि चाहाना हुँदाहुँदै
बोल्ने रहर, हाँस्ने रहर, सँगसँगै बाँच्ने रहर
दुई मुटु एउटै बनाउने रहर
तर,
सामाजिक वन्धनको नाम
उड्कदै हामीले
मनको कुरा एकअर्कालाई भन्न सकेनौं ।
गाउँ एउटै थियो, वस्ती एउटै थियो
देख्थ्यौ सधैं, भेट्थ्यौ सधैं
कर्के नजरले हान्थ्यौ मलाई
भुतुक्कै हुन्थे म
तर,
हामी एकअर्कासँग बोलेनौ
मनको ईच्छा मनमै मार्यौर्
उर्वर मायाको मौसममा पनि
मायको बिरुवालाई सार्न सकेनौ
अन्तर्मनको इच्छा एकअर्कालाई खोल्न सकेनौ ।
भ्याइनभ्याइ हामी सधैं
एकअर्कालाई चोर्नमा ब्यस्त हुन्थ्यौं
एकअर्काको अनुहार पढ्नमा अभ्यस्त हुन्थ्यौ
तिम्रो मुहारमा देखिएको भाव अनुसार
कहिले दुःखी हुन्थे त म
कहिले संसारकै सुखी मानव हुँ भन्ने भानमा दौडन्थे
त्यसैगरी तिमी पनि ।
यति हुँदाहुँदै पनि हामीले
आफ्नो मनको कुरा एकअर्कालाई भन्न सकेनौ
अन्तर्मनको इच्छा हामीले खोल्न सकेनौ
एकअर्कालाई मन परेको कुरा बोल्न सकेनौ ।
-केदार श्रेष्ठ”गगन”
भिमस्थान-५,सिन्धुली
(स्रोत : ईलम्जुङ् डट काम)