~अनुज श्रेष्ठ ‘प्रवास’~
क्या ! तगडा भाषाण गर्छौ
तिमी – नेताहरु
लाग्छ यि हाम्रा
हातहरु तिम्रै भाषाणको
तालिका लागि मात्रै
हुन् ,
सधैं जोशमा बोल्छौ
तिमीहरु
यसैले व्यबहारमा केही
ठोस् परिवर्तन हुँदैन
सधैं सपनाहरु बाड्छौ –
बिकासको र गारीबि
निबारणको -जनराहतको
तर सधैं उस्तै भोक र रोग
सँग बाचेकै हुन्छ जनता
यस भन्दा अघिका
सरकारहरु पनि आए यसरीनै
बिकासका सपनाहरु बाडेर
गए
हामी तिनै चिसा
थङ्नामा ब्यूँझेउ
मात्रै
अब तिमीहरुको पनि त्यही
मिथ्या सपना छ
भाषणले मात्रै राहत
मिल्ने भए
कुनै दाल गल्ने भए
नेपाल दशकौ अघी
सिङापुर बन्ने थियो
तर त्यस्तो चमत्कार
भएन
अझै पनि उस्तै छ देश –
उस्तै छ भेष
मात्र लिएर आएछ
भ्रन्तिका सपनाहरु
फेरी ,
गरीबहरु र बेरोजगारहरु
तिनै सपनाहरु ओडेर
सुत्छन्
र सुन्दर बिहानको
पारीकल्पना गर्दै
मर्छन्
यति बेला मात्र एउटा
सर्बोत्कृष्ट
संबिधान मागिरहेछ देश ,
एउटा सुशाशित राज्य
मागिरहेछ देश
तिमीहरुका तगडा
भाषणले सबैका गोडा
गलीसके
तिमीहरु गणतन्त्र भनेर
थाक्दैनौ
तर देशको गणित झन झन
बिग्रदैछ
अब त झन त्यही
परिस्थितीका गुलाम
जनताहरु सँग-
नाना भातिका करहरु
उठाउछौ
लोडसेडिङ्ले आक्रान्त
छ शहर
भोकले बिक्रान्त छ
गाउँ
खानेपानिमा तीश
प्रतिशतले बाडाए रे !
कस्तो अचम्म !
अब तिमीहरुको अगुवाइको
सरकारले दिने भनेको
राहत यस्तै यस्तै होला
नयाँ नयाँ करहरुको
बिकास
हो ! माने नेताजिहरु
क्या ! तगडा भाषाण गर्छौ
तिमीहरु
लाग्छ यी हाम्रा
हातहरु तिम्रै भाषाणको
तालिका लागि मात्रै
हुन्
यी हाम्रा गोडाहरु
तिम्रै जुलुसका लागि
मात्र हुन्
-अनोज श्रेष्ठ
हाल अलेन ,युएइ
(स्रोत : ईलम्जुङ् डट काम)