~अन्जीत थापा मगर~
अचानक म एकान्तमा हराउछु
त्यसै – त्यसै अन्धकारमा रमाउछु
अनी लाग्छ की म एक्लो छु
परीचीत ब्यक्तीकै माझमा रहेर पनी
सबै देखी टाडा भएछु
अनी लाग्छ की म एक्लो छु
मनले मनैलाइ सोध्छ
कीन म एक्लो छु ?
कसैले मेरो भावना भुझेनन्की
या भनौ,
कसै सामू मेरो भावना ब्यक्त गर्न सकीन
मानौ,कसैलाई मनका कुरा भन्न सकीन
लाग्छ अनी,
तेसैले म एक्लो छु
त्यसै – त्यसै अन्धकारमा रमाउछु
अनी लाग्छ की म एक्लो छु
उदास मनमा उठेका तरंग
बीवस एक्लो जीबन संग भयर झसंग
एक्लो मैले,
मेरै जीबनलाइ नीगाली हेर्दा
एस्तो ठाउँमा आफुलाई पाए
जहाँ केवल बालुवा थीयो
अनी उराठलाग्दो बगर थीयो
या भनौ,
नब दुलही अकस्मात बीधवा हुदा
उजाडीएको सीउधो जस्तो खाली थीयो
मैले बुझ्नै सकीनकी
भैरहेछ के यो
मैले जहा टेक्यो तेही भासीए जस्तो
फुल रोप्यो काडा मात्र फले जस्तो
र
तेही काडाले मलाई गीज्याए जस्तो
मेरो मनमा अटाइ – नाअटाइ घाउमा घोचे जस्तो
आफैलाई बुझाउन नसकी म बीवस भयछु
अनी लाग्छ की म एक्लो छु
त्यसै – त्यसै अन्धकारमा रमाउछु
अनी लाग्छ की म एक्लो छु
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )