लघुकथा : अतृप्त रात

~रामबिक्रम थापा~

तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ ।

बिदेशबाट लाहुरे मित्रको चिठ्ठी आयो । आन्द्रो गाँसिएको बाल-सखाको परदेशी आग्रहलाई बेवास्ता गर्ने वुरै भएन । बेलुकीपख ऊ मित्रको घरमा पुग्यो र प्रचलित चलनअनुसार मित्र-पत्नीलाई भाउजूको साइनोले अभिवादन ग-यो । मृदु मुस्कानले स्वागत गर्दै मित्र-पत्नीले उसको अभिवादन फर्काइन् ।

अगेनाको डिलमा बसेर आगो ताप्दै घर-व्यवहार र छोरा-छोरीको पढाइ सम्बन्धी नाना थरी कुराकानी भए । अगेनाको अगुल्टो खेलाउँदै मित्र-पत्नीले सुस्तरी भनिन्- “आज त मलाई उहाँ आफ्नै खसम नै परदेशबाट आइपुग्नुभएको जस्तै लागेको छ ।” मलाई पनि त्यस्तै त्यस्तै लागिराछ । पति-मित्रले पनि नशालु नजर फ्याँक्दै जवाफ बोल्यो ।

अनि अत्यधिक स्वादिष्ट परिकारहरु बनाएर हार्दिकतापूर्वक मित्र-पत्नीले पति-मित्रलाई भोजन गराइन् ।

त्यसपछि पल्लो कोठामा पति-मित्रलाई सुताएर ओल्लो कोठामा लाहुरेनी सुतिन् । भोलिपल्ट बिहानै चिया दिँदा राता-राता काँचा आँखा जुधाउँदै लाहुरेनीले विस्तारै भनिन्- ‘मन भित्र हुरी चलेर? के के कुरा सम्झें के के? ?रातभरि निद्रै लागेन ।’
बिहानीको घामको रोशनीजस्तै मधुर मुस्कानमा पति-मित्र बोल्यो- ‘हो भाउजू ! मलाई पनि रातभरि त्यस्तै त्यस्तै भएर छर्लंङै रात बित्यो ? ?।’

-फाक्टांग -२, खोटांग

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.