~एन.पी भावी~
श्रद्धाको यो फूल टिपी शहिदलाई रातो सलाम
देशको निम्ति ज्या दिने शहिदलाई रातो सलाम
राष्ट्रियता बेचिदैछ होशियार छ शब्दबाट
इतिहास कोरिएको शहिदलाई रातो सलाम
नयाँ नेपाल कोर्न भनी हाँसी हाँसी बलिदिने
आफू मरेरै देश बचाउने शहिदलाई रातो सलाम
शहिदका सपनाहरु अधुरैछ अझै पनि
कालो रातको अन्त्य चाहने शहिदलाई रातो सलाम
छाती माथि गोली थापी इन्क्लाबको नारा लाउने
भावीको आत्मैबाट शहिदलाई रातो सलाम ।
(स्रोत : ईलम्जुङ् डट काम)