~नरेश माङपाहाङ राई~
घर त मेरो पहाडी पाखा वेसी हो रे
कुन दिनको सञ्जोगले वने लाहूरे
दुख्छ आज छाती मेरो वरै भन्ने कोही छैन
वुढेसकालमा फर्कौ भने आफ्नो भन्ने कोही छैन
सवै मान्छे विरानो पो भई गयो रे
कुन दिनको सञ्जोगले वने लाहूरे
तितो तितो वचन पाउदा मन भित्रै आशु झारे
दुनियाँको सामू झुकी आफैलाई कति मारे
मान्छे पनि पशु जस्तै हुनु पर्ने रे
कुन दिनको सञ्जोगले वने लाहूरे
नरेश माङपाहाङ राई
वेलायत फोक्स्टोन
(स्रोत : ईलम्जुङ् डट काम)