~लोक राज भट्ट~
बर्तमानको मझेरीमा उभिदै
इतिहासका आलापहरु दर्साएका
भोका पेटहरुले
डेउडाको सुसेलिमा उकालो छिचोल्दा
काफल चरी
तिमी त
उड्दै उच्च लेक पुकिसक्यौ
फेरी पोहरका सम्झनाहरु
बादलमा बर्खा बोकेर चिहाइरहेछन
जुम्लाका स्याउबारीहरुमा ।
उता
खप्तडी पाटनहरुमा
चरानमा ब्यस्त भैसिका बथानहरुले
डिलडिल घाडा बजाईरहदा
गोठालाहरु
धुकाउदै छन हुक्काचिलिम।
काफल चरी
मेरो एउटा हतारो छ
चकमन्न जुनेली रातहरुमा
बिश्वका मुसाफिरहरुलाई खप्तडको
सुन्दरतामा छोडेर
दौडिनु छ प्रबास तिर
तर ऐले
उत्सबको झ्यालिमा
दमाउ र नगरा घन्काउदै
हिमालको बतासमा लपेटिएकी
एक हुल बझाङी छोर्याट्टीहरु
सैपालको आगनमा छलिया नाँचेको देख्दा
बहुत तड्पिएको छ मन।
काफल चरी
भयभित अतितले खोस्रिदै पलाउदै गरेको
मेरो निजी जिन्दगीमा
कहिले फुलेनन उत्साहका हिउँफूलहरु
सपनामा देश बोकेर निदाएको चाउरे
कल्पित प्रेमबागमा
चियाउछुँ उर्बशीहरुलाई
एक झटारो बेशीको उष्णहावाले
आधुनिकता पहिरिएकी प्रेमिका र
हिमालको सरेटोमा चम्किएकी गुलाबिहरु
मेरो देशको सपना जस्तै बनेका छन ।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)