~टिका खड्का ‘राष्ट्रप्रेमी’~
झरेको फूल झैँ, टेकियो जीवन
कहरको कथा भै, लेखियो जीवन
चम्किन्छु सूर्य झैँ आकाशमा भन्दा
बादलु घुम्टोले, छेकियो जीवन
देख्नाले हजारौँ, सुनौला स्वप्न
विरानो शहरमा, बेचियो जीवन
आफ्नै हुँ भन्नेले, त्यागेर जाँदा
बिछोडको पीडाले, रेटियो जीवन
जलेर खरानी, भै गए खुशी ,
उजाड त्यो बगर, झैँ देखियो जीवन
मधुमल्ला – ४, मोरङ