~शिवराम वनमाला~
हे बुबा हे आमा मलाई पनि पढ्न पठाइ देऊ।
पढ्ने मेरो धोको छ, पढ्न पठाइ देउ न आमा।
लेख्न मलाई मनपर्छ, कापी कलम ल्याइदेउ आमा।
हे बुबा हे आमा …………..
मेरो हातमा कापी छैन, कलम पनि छैन।
पढ्ने लेख्ने अधिकार मलाई नभएको होइन
हे बुबा हे आमा …………….
कापी कलम साथमा भए पढ्न लेख्न पाइहाल्छ।
शिक्षित ज्ञानी धेरै भए देश विकास भइहाल्छ।
हे बुबा हे आमा …………..
छोरालाई भने स्कूलमा मलाई भने वनमा।
कस्तो विजोक भयो मेरो पढ्न लेख्न नपाएकोमा।
हे बुबा हे आमा ………….
हे बुबा भनेकेा मान मलाई पराइ नठान।
भन्छु म त रोएर दिनुस् शिक्षा बराबर पारेर।
हे बुबा हे आमा …..
साथी सङ्गी सँधैं स्कूलमा म भयो घरैमा।
कति मलाई हेला गरिराख्छ यहीं अँध्यारोमा।
हे बुबा हे आमा …………….
शिक्षा दिनुस् रमाउँछु अज्ञानतालाई हटाउँछु।
हामी सबै मिलेर यो देशलाई अघि बढाउँछु।
हे बुबा हे आमा ………………..
चाहिंदैन मलाई सम्पत्ति गर्नुछैन आपत्ति
बरु माग्छु भिक्षा मलाई दिनुस् शिक्षा
(स्रोत : मजदुर दैनिक)