~भूपेन्द्र काफ्ले ‘नयन’~
हरायौ कि कतै मन दुखेपछी आयौ
निष्टुरी झै बनी माया टुटेपछी आयौ
चिसो चिसो मौसममा न्यानो न्यानो माया
वादल भित्र घाम लुकेपछी आयौ
बेदनाको खाडलमा आंशु रुपी पानी भरे
टाडियौ कि कतै खाडल सुकेपछी आयौ
तिमी संग मायाको चंगा उडाउने सपना थियो
रिसाएर हो कि चंगा छुटेपछी आयौ
मन सग मन त जोड्ने प्रयास गर्दै थिए
तर खै किन दिल फुटेपछी आयौ
वियोगको बेदनामा शरीर ढल्दै गर्दा
खुसीले पो हो की लास उठेपछी आयौ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)