कविता : ए बुनिया ! कहा छे रे मोर लाठी ?

~गोचा थारू~

युद्ध,
जो शुरू भई नै सक्यो
अब घुंगी टिपेर के बस्नु !
मछली पक्रेर के रहनु !
बुनिया ! कहा छे मोर लाठी ?

युद्ध हो,
म नफर्किन पनि सक्छु
तर रोक्नसक्ने छैन
अब तिम्रो आँधीजस्तो मायाले
मलाई छेक्नसक्ने छैन
आकाशजत्रै विशाल
सन्तानको ममताले
म त अब अर्कै मान्छे भइसकें
म त अब किट भइसकें ।

आफ्नै दलिनमा उभिन
वञ्चित गर्छ यो सरकार
मुक्तिको सपना देख्न मात्र पनि
प्रतिबन्ध लाउँछन् यी शासक
हँ, आफ्नै माटोमा लुकेर त के बस्नु !
गम्छाले चेहेरा छोपेर कतिञ्जेल हिँड्नु !

जीवनको झण्डै आधा उमेर
हलिया बसेर बित्यो
बाँकी जीवन कायर भएर बस्नु ?
अहँ, कदापि हुन सक्दैन यो
बरु छाति थाप्न तयार छ
तर पछि फर्किन
तयार छैन
यो गोचा थारू !
ए बुनिया ! कहा छे रे मोर लाठी ?

(स्रोत : -समता)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.