~प्रेम के ‘निडर’~
रामदाई पुलिसले समातिएकोे हल्ला गाउँभरि फैलियो। किन समातिएको कसैलाई थाहा भएन। हल्लाले मानिसमा खुल्दुली मच्चियो, किन समातियो। कुनै नराम्रो काम नभएको भए समातिने छैन भन्ने तर्क बलियो हुँदै गयो। राम दाइका सुभेच्छकहरू साथै उनका विरोधीहरू पनि जिज्ञासु बने। रामदाईलाई के भयो?
हिजोसम्म्ा रामदाई राम्रो र असल मान्छे थिए। हँसिलो मान्छे थिए। सबैले चिनेको थिए। कसैले राम दाई त कसैले राम अंकल, कसैले रामजी भन्ने गर्दथे। रामदाईमा त्यस्तो टिप्पणी गर्न लायकको काम कसैले देखेको र सुनेको थिएन। उनी यतातिर बस्न आएदेखि सामाजिक सेवामा बढी भूमिका भएकोले सबैले चिन्ने जान्ने मौका पाए। उनको चिटिक्क परेको आधुनिक बंगला, कार, घरमा सुहाउने बगैंचा, हेर्दाखेरी नै बाघजस्तो कुकुर, काम गर्ने नोकर चाकर आदिले साच्चंै नै सम्मान गर्नुपर्ने मानिस नै लाग्थ्यो। बेला बेला उनी सबैलाई मद्दत पनि गर्दथे। आज रामदाईबारे नराम्र्रो टिप्पणी हुन थाल्यो। किन समातिएको हो कसैले राम्रो थाहा पाउन सकेको थिएन। समातिएको पक्कै हो।
टोल टोलमा रामदाई समातिएको हल्लासँगै उनीबारे नराम्रो हल्ला पनि सुन्न थाले। कसैले केटीको कुरामा समातिएको भन्दै उनी त केटीहरू भन्यो कि हुरुक्कै हुने रेे। बाहिर केटी पनि राखेको छ रे भन्दै थियो। कसैले पैसा तन्न छ जुवातास या रक्सी रण्डीबाजीमा त परेको होइन भन्नेहरू पनि कम थिएन। कालो धन्दामा लागेकोले समातिएको हो भन्दै कोही नत्र टोलमा यत्तिको ठूलो र आधुनिक डिजाइनको घर बनाउनै सक्दैन भन्दै थिए। सबैलाई थाहा भएको कुरा त उनी एक व्यापारी थिए। व्यापारको सिलसिलामा बरोबर बाहिर पुगिरहको हुन्थे। व्यापारी भएको र बरोबर बाहिर गइरहने भएको नाताले कतै तस्करीमा परेको त होइन भन्ने शङ्का पनि गरे।
मानिसहरू उनको बारे धेरै नराम्रो टिप्पणी हुनथाल्यो। शङ्कामा के भने के भनेनन्। समाजको स्वाभाव र संस्कारलाई बदल्न गार्हो छ। मानिसहरू कि मरे पछि टिप्पणी गर्ने गर्छन्, कि पुलिसले समातिएपछि टिप्पणी गर्छन्। पुलिसले समातेपछि अक्सर नराम्रो नै टिप्पणी गर्ने गरिन्छ। तिललाई पहाड बनाउने गरिन्छ। रामदाईलाई पनि यस्तै भयो। रामदाई टोलमा एक प्रतिष्ठित व्यक्ति भएर पनि प्रतिष्ठा रहेन। धेरै धन कमाएर पनि इज्जत बचाउन सकेन। लोभले लाभ लाभले विलाप भयो। कालो धन्दामा लागेको खुलासा भएपछि उनी समातिएको थाहा भयो। मानिसको शङ्का फरक परेन।
धरौटीमा रिहा भएपछि उनी लाज र सरमले एक्लै शिर निहुर्यारेर हिंड्ने गर्यो। उनलाई अदवसाथ नमस्कार गर्नेहरूले पनि वास्ता गर्न छाडे।
(स्रोत : मजदुर दैनिक)