शान्ति अधिकारीका १०८ हाईकुहरु

~शान्ति अधिकारी~Shanti Adhikari

हुदय कस्तो
महसुस गर्न नि
सकेनौ रत्ति ।।

समाज भन्ने ,
बोल्नेहरुकै हुन्छ
निर्धाको आँशु।।

सुखिको सबै
दुःखी यो चेलिलाई
हेर्छ र कस्ले ।।

खोक्रा भाषण,
कुहेको रासन भो
कठै जनता ।।

सम्पन्नताको ,
महलमा बसेर
गरिबी कुरा ।।

जलेछ मन ,
खडेरी लागेछ की
डढेलो कुन्नि ।।

पुरानो चोट ,
घात त्यो प्रतिघात
पापी समय।।

नचिनी रोपे ,
परेछ विष बृक्ष
राखुँ कि फालु ।।

दिएर खायौ,
या खोसेर पो खायौ
खान त खायौ ।।

लेखेर हैन ,
सेध्नेछु तिमीलाई
भेटेर पर्ख ।

नरुनु प्रिय ,
भेट नभई यदी
मरेछु भने ।।

यो छाती भित्र ,
रहेको ढुकढुकी
हो तिम्रै लागी ।

जानेर लेख्छु ,
या नजानेर लेख्छु
तर म लेख्छु ।।

गजलकार
बने फेसबुकमा
हैन बाहिर ।।

म उस्को जस्तो ,
लेख्नलाई सक्दिन
आफ्नै छ शैली ।।

सुझाब राम्रो
लाग्यो नि अग्रजको
आसा थ्यो त्यस्तै ।।

जादैछु भोली ,
आउने छु मायालु
पख्रेर बस ।।

अहमतामा,
बनिदैन हजुर
साहित्यकार ।।

सवाल सुन्दा,
यस्तो लागेर आयो
चैत्रको हुरी ।।

सोचेर बोल ,
झरौला नी फेदीमा
शिखरबाट ।।

चोर्यो कसले ,
आफ्नै यो मनलाई
अन्जान सबै ।।

दोधारमा छु ,
स्विकार्न त्यो मित्रता
नचिन्दा मान्छे ।।

मोल्दिन खुट्टा,
म नाम कमाउन
बाढी समान ।।

बलात्कृत भो,
अस्मिता उसको
देखिन्न कोही ।।

साथ पाउँदा ,
उज्यालो छ क्षितिज
जुनेली रात ।।

अन्तिम चोटी ,
तिमीलाई भेटेर
छुट्टीँदा भोकै ।।

किन हो चेली ?
उमड्मा मस्ती छ्यौ
नासिने गरी ।।

मुटु जलार्इ,
भागी सकेछौ तिमी
भन कहाँ छौ ?

सन्तोष गर
मायाले पेट भरिन्न
स्पर्शको स्वाद ।।

स्वप्निल इच्छा
बाँकेमा पोखिएछ
चाहना आफ्नै।।

प्यासमा बसेँ ,
तिमी आउने बाटो
मोडियो अन्तै ।।

सतायो सानु ,
उनको त्यो मायाले
भुल्नु कसरी ।।

सपना हो कि ,
बेईमानी मायालु
झुक्याई राख्ने ।।

अन्तिम ईच्छा
म निदाउन सकुँ
प्रेमिल स्वप्न।।

व्यवहारमा ,
छ की छैन हजुर
माया आमाको ।।

देखियो माया ,
आजको दिनलाई
बिचरी आमा ।।

आमाको दिल,
भित्रको मायालाई
निहाली हेर ।।

तस्विर हास्यो,
जीवन छ दु:खमा
छोरा ए छोरी ।।

लुटाहा नेता ,
हुन्छ चर्को भाषण
हेर्छ बहिरो ।।

त्यो माया भित्र ,
अभावको रजाई,
परेन निन्द्रा ।।

कोशीको बाँध ,
हिजो गोर्खाको जेल ,
खै कस्तो कस्तो ।।

देखेनौ प्रिय ,
छालको लहरमा
तिम्रै प्रियसी ।।

विश्वास गर्यो ,
घात मात्रै पाउने ,
सोनामी पिडा ।।

सुन्दर दृश्य,
हेर्न आउ मायालु
परेवा डाँडा ।।

सम्हाल मन ,
सर्घष हो जिवन ,
संसार हेर ।

छोडि दिन्छु म ,
चोरको भो ससांर ,
लेखन कार्य ।।

हरेस खायो ,
दाई मेरो मनले ,
के गर्ने गर्ने ।।

हिक्मत हैन ,
देख्दा धेरै बिकृति,
रुन्छ नि मन ।।

शंकालु मन
ईर्श्यालु ति नयन
तिखा बचन ।

अभावमा छु ,
निर्धक्क भई बस
माग्दिन केही ।

त्यो रुने मन ,
छ कि म सगँ पनि
कसरी भनुँ ।

जती हाँसो छ ,
त्यो भन्दा बढि आँशु
तिम्ले दिएको ।

सताऊ अझै,
त्यो मन फुकाएर
बाँचुन्जेल म ।

उस्तै छ पीडा ,
मायालु यो मनको,
अन्यथा किन ।

परीवर्तन ,
गर्छु भन्नेले हिजै ,
धोका दिएसी ।

दोधारे कुरा ,
गरेर नेता भयौ
देश बिनास ।

रित्तियो आसा ,
छाउँदै छ निरासा ,
नेताको चाला ।

त्यो दिल सगँ ,
के भएछ मलार्इ,
माया मुटुमा ।

नभने प्रिय ,
रुवाई छाडि उस्ले ,
तिरेकी पैचौ ।।

होईन दिल,
तोडेर जाने तर ,
बाध्य बनायौ ।।

के हुन्छ भोलि ,
कोही त भनिदेउ ,
हतास मन ।।

दुखियालाई
छैन जस कतै नि ,
खै कस्तो भाग्य ।।

लागेन निन्द्रा ,
सम्झेर तिमीलाई ,
हेर्दै छु चन्द्र ।।

लाग्दैन भर,
हिजो रुवाई गयौ ,
ललिते बोलि ।।।

आसाको खेती,
संसारीक जिवन ,
हुदैन भर ।।

नरमाईलो
लाग्यो आज मलाई,
किन हो किन ।।

बेचैन मन ,
काली गण्डकी सरी ,
बगेका आँशु ।।

बढेको देखे ,
हिजो भन्दा नि आज ,
तिम्रो त्यो माया ।।

जन्मेको ठाँउ ,
सम्झना पो गरायो ,
देखेर सिस्नो ।।

सोचेर बोल ,
आडम्बरी घमण्डि,
दुनिया हेरी ।।

टाढियौ किन ,
यो मनको मायालु ,
चिन्ता भो धेरै ।।

हतारमा थिए ,
बर्षातको महिना ,
के सोच्यौ कुन्नि ।।

जानि नजानि ,
भासिएछ जिवन ,
पुरीने हो कि ।।

निरास छौ नि ,
बैशको बाढि जादा ,
बनि बगर ,

बितेछ वर्ष ,
आन्तरीक पिडामा
जलाई मुटु ।।

नरोन मन ,
भेटेपछि रोउला ,
छाति सिरानी ।।

डरायो मन
सुनेर तिम्रो कुरा ,
मध्य रातमा

पराई भुमी ,
सगरमाथा मेरो
हृदय भित्र ।।

कलियुग हो ,
लाग्दैन भो बिश्वास
कसरी भनु ।।

भविष्य छैन
वर्तमान देखेर ,
के हेर्नु अघि ।।

गोहीका आँशु ,
नझरेकै बेस छ
समाज सामु ।।

गरे है दाजु ,
राम्रो काम तिमीले
देशको निम्ति ।।

तिम्रो सम्झना ,
यो मनमा राखेर
क्षितिज पारी ।।

मौसम जस्तै ,
बेईमान हौ कि त
सताई राख्ने ।।

बेईमानी यो,
ससांर हो कि मान्छे
बुझ्न नै गाह्रो ।।

विस्वास थियो ,
आफ्नाको भन्दा धेरै
रुवाई छाड्यो ।।

चर्केको भाग्य ,
फुटाई दियौ फेरी
बाँकी के रह्यो ।।

जस्तो गरायो,
त्यस्तै हुदै जानेछ
कठोर मन ।।

किन हो किन ,
मायाकै सागरमा
पौडिन्छ मान्छे ।।

गल्ति गरेछु ,
जाना जानी हजुर
भनु कसोरी ।।

मोडन बाटो ,
सक्छौ भने मायालु
लाग्दैन दु ख ।।

तिरष्कारले,
गलेको मन मुटु
लिएर कता ?

धेरै नै रै’छ
माया त्यो हृदयमा
साउने वर्षा ।

पिउन सक्छौ
बिषको खाली शिशी
नयाँ बर्ष ।

मायाको नशा
अभाव भै रहदा
तुषरा पात ।

टाढा देखियो
चन्द्र मुखी मुहार
चढ्दो जवानी ।

उडेको मन
सके रोक तिमी नै
चैतको हुरी ।

कच्चा जीन्दगी
धमिलो छ सागर
बर्षाको बाढी ।

– कोहलपुर, बाके

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.