गजल : ढुकुटी कती भर्छौ धनेदाइ !!

~ईश्वर शाही~Ishwor Shahi

काले साहुं’को ढुकुटी कती भर्छौ धनेदाइ !!
आफु भोकै उस्कै भलो कती गर्छौ धनेदाइ !!

बराजुले ॠण लेको चार बिस तिर्न पनि !
चारै पूस्ता उस्कै पाउ किन पर्छौ धनेदाइ !!

कालरात्री कती काट्यौ जिन्दगीको दौडाइमा !
फेरि पनि गांमबेसी कती झर्छौ धनेदाइ !!

गणतन्त्र आको छ नि हाम्रो देश नेपालमा !
बोले न्याय मिल्छ बोल्न किन डर्छौ धनेदाइ !!

आवाज् उठ्यो चारै तिर अत्याचार्को बिरोधमा !
न्याय मिल्ने बेला पछी किन सर्छौ धनेदाइ !!

कल्लेरि-९,धादिङ
हाल्,दोहा,कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.