निबन्ध : भर्खर हाईस्कुल सके पछीको बास्तबिकता

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

मानीसले एउटा न एउटा रहस्य लुकाउछ, सायद त्यही रहस्य भित्र उसले आफ्नो सन्तुष्टी र चाहानालाई भेट्टाउँछ चाहे त्यो कसैबाट कोटाईयोस् वा कसैले त्यसलाई तुच्छ देखोस् । रहस्य झन रहस्य भित्र दब्दै जान्छ । म संग त्यस्तो कुनै रहस्य नहुदोहो सायद त्यसैले म भदौरे मकै झै कसैको अँगेना वा कसैको मकलमा पिल्सीदैछु ।

मेरो ईच्छाहरु पलाएन हुदै जाँदा पनी म एक टकले त्यही दृश्य नियालीरहन्छु । म भित्र एक कीसीमको लधुताभास सिर्जना हुदै जान्छ जसले म भित्र पनी चहानाहरु जन्माउछ, म एक किसीमको नियमबद्धतामा बाधीन पुग्छु । मैले पनी केही रहस्य बनाएको हुँदो हुँ त म पनी बलबान हुने थिए सायद म पनी याबत समस्यामा जेलीने थिँए । रहस्य के हो न मैले ब्यक्क्त गर्न सक्छु न कसैले यसलाई परीभाषको कडीमा बाध्न नै सक्छ । यो एकै किसीमको हुन सक्दैन, रहस्य मेरो लागी समस्या सुल्झाउने मा नै सिमीत हुन सक्छ भने अरुको लागी यो मन बहलाउने बाटो बन्न पनी सक्छ । कसैले पनी जिबन उल्लेख्य गर्न नसक्दा, झुठको जाल भित्र बेरीएर रहस्यहरु जन्माउँदै हुन्छ, जिबन बाँच्नलाई ।

अनायसमा बनेका रहस्यहरु, अन्जानमा र्सिजीत गुथ्थीहरु प्रत्येक घरहरुको मकल अनी अँगेनाहरु बाट धुवाएर धुरीको सानो चिम्नी छिचोल्दै शिखर चुम्न पुग्छन् तर त्यसमा बेग्ला बेग्लै अनिश्चीतता र समस्याहरु जिलेबी झै जेलीएका हुन्छन् । परिचित रहस्य र अनुहार लाई पनी बदनियत पुर्बक टाढा लान यही मनले खोज्छ जब त्यो बास्तबीकता सबै सामु उधारीन्छ । मनलाई जती छलाउन खोजे पनी पखेटा नभएका मनहरु डुनमुनाउँदै त्यही रहस्यहरु केलाउन पुग्छन् सायदै त्यसबाट सुख मिलोस्, सायदै त्यसबाट बहादुरी भेटीयोस् तर पनी मेरो जस्तो पखेँटा नभएको मन धर्ती कहीले छोड्न खोज्दैन, बास्तबमै सुख लिनै जान्दैन । म त्यही रहस्य, त्यही स्थुलता भित्र हराउन उत्प्रेरीत हुन्छु । तिमीले जानेर रहस्य बनाउँदैनौ, तिमीले बुझेर भुत बनाउँदैनौ तर पनी बर्तमान र भबिष्य त्यही भुतमा अडीएको छ । भबिष्य र्बतमानको संघार बाट अगाडी बड्छ, अनी र्बतमान त्यही भुतको बाटो भएर जिबन समात्न पुग्छ ।

म यसैलाई परिभाषीत गर्न खोज्दै छु, मन अनी रहस्यलाई । सायदै मन अनी रहस्य फरक होलान् । मनलाई बानी भईसकेको हुन्छ अडकल काट्दै अगाडी बड्ने । तर रहस्य कुनै न कुनै भुमीकामा लेखीन आईपुग्छ । रहस्य पहीला घटेको घटना हुन सक्छ जुन कहीले फेरीदैन । एकाग्र चित्त त्यही रहस्य माथी घनीभुत हुन थाल्छ । बादलका बुट्टाहरु पन्छीएर आकाश किन नदेखीयोस् त्यस्तै मन रमाएर चञ्चलतामा डुब्न खोज्दा रहस्यले पिडा छोडेकै हुँदैन त्यो त कतै अन्र्तमनमा बिराजमान भएकै हुन्छ । समस्या झन बिकराल बन्छ, उपाए खोज्न थाल्दा बर्तमान डगमगाउँछ ।

मेरो गल्तीहरु, तपाईको गल्तीहरु, मैले बिताएका पलहरु, तपाईले बिताएका पलहरु बाट रहस्य बन्न सक्छन् जुन यर्थाथ हो । जसको बास्तबिकतामा हामी रुमल्लीन्छै । जसलाई केलाउन खोज्दा दुख र समस्याहरु जेलीएर सर्वब्यापी बन्न पुग्छन्न् । प्राय यिनै तर्कहरु प्रेममा देखीन थाल्छन््, यौनमा देखीन थाल्छन् तर मनले प्रेम गर्न छोड्दैन, जिबनले यौन त्याग्दैन । मनले बिश्वास गर्न छोड्दैन । यस बेला यदाकदा रहस्य ओझेलमा पर्दो हो तर मनले शंका गर्न छोड्दैन हो सायद यही हो अन्र्तज्ञान । मनभित्रको अन्र्तज्ञान जसले रहस्य खोतल्न छोड्दैन । हामी कसैको रहस्य खोतल्न माहीर हुन्छै । भन्नु पर्दा त्यसमा पनी हामीले खुसी नै खोज्छै । यो मनले लाय अहराएको कार्य । नगर्दा मानसिक बिचलन आउने खतरा तर यो निर्रथक बन्न सक्छ । रहस्यहरु सर्ध लुकाईन्छ, छिपाईन्छ तर किन टड्कारा आँखाहरु तिनै माथी पर्न थाल्छन्न किनकी हामलिाई त्यस माथी पनी घृणा छ, कसैको रहस्यमाथीनै घृणा छ । यो बयत्तीक बन्नु पर्ने हो तर कीन तृण्णा मेटाउने खेल बन्दैछ । बडी भन्दा मेरो लागी ।

मन फुकेको छ । मन बरालीएको छ यसलाई बाध्न वा बन्धनमा राख्न सायदै सहज होला । यसले पिडा दिन्छ, गहीराईमा चोट पुर्याउँछ । अन्र्तमनमा बिचलन ल्याँउछ । मन अभ्यस्त भई सकेको छ जो कसैको रहस्य हुन्छ तर मनले उत्ताउलो हुन छोड्दैन । गल्तीहरुबाट पाठ सिकीनु पर्ने हो तर यो त पिडाको बाहक बनेको छ । म अट्टाहसको पात्र भएको छु । मलाई लाग्छ म माध्यम बनेको छु सुख खोज्ने । शारारीक र भैतीक सुख नभई आध्यमतमीक र मानशिक सुख ।

मनभित्रको अर्को मनले भन्छ रहस्यको गन्ध देखी टाढा बस् त्यसले तिर्खाको चुकुल कहीले खुलाउदै, त्यसले मानशिकता खलबलाई दिन्छ— जिबनको खुसी माथी धावा बोल्छ । तिमीले जान्नु पर्छ निस्सार रहस्य माथी पर्दा हाल्न । रहस्यको गाँठाहरु फुकाउनु भन्दा बर्तमानको मिठो समागममा बिलीन हुन सजिलो हुन्छ । म तटस्थ बन्दै छु मन र रहस्य बिच । यो तिमीलाई प्रण भयो यस उप्रान्त रहस्य माथी मैले पर्दा हाले ।

(यो कसैको बास्तकीक जिबनसगं मेल खाएमा संयोग मात्र हुनेछ ।)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.