~गणेश पुर्बछाने मगर~
खै कस्तो हो यो मेरो जीवनको कथा ?
कहा बाट सुरु गरौ मेरो मनको ब्यथा?
जहा कहिले हाँसो छ त कहिले रोदन
अनी कही मिलन छ त संगै बिछोड
आखिर ओइली झरेको फूल झै छ यो मेरो जीवन
थाहा छैन किन ?अझै झिनो आशमा अल्झी रहेछ यो जीवन
हो “नानु” सायद तिम्रै याद मा
अझै तिमी आउने झूटो आश मा
तर थाहा छैन,मलाई यो समयले कहा पुर्याउछ
यही निर्दई समय ले नै मलाई कैले हसाउछ त कैले रुवाउछ
आखिर यस्तै रहेछ मेरो जिन्दगी
बेशाहारे अलपत्रे कर्कलाको पानी
पठाएको थे मैले “नानु” तिमीलाई मायाको सौगात स्वोरूप पहिलो प्रेम पत्र
तर थाहा छैन पढ़ेउ पढ़ेनौ पारेऊ त्यसलाई तिमीले अलपत्र
*********आखिर किन भनन मेरी नानु *********
२०१०-३-२३
(स्रोत : कविता कुसुम)