~ज्ञानशाली घिमिरे~
बसेर रुन्छिन डाँडाको माथी नेपाली युवती
भिजाउछिन सधै बहाई आँसु पाखा र धरती
गण्डकी कोशी कर्णाली संग संगै बहेर जाउकी
स्वधित धर्ती टेकेर सधै पुकार गरौकी
बसन्तलाई कुर्दा कुर्दै गृष्मले छाएछ
प्रितिको फूल नफूर्ल्र्दै, पैरोले लगेछ
आँखामा आँशु यो मनको व्यथा म कति खपाउ
जिवन मेरो रोएरै बित्यो आमा म काँहा जाउँ
नेपाली माटो पहाड पर्वत साक्षी छन् हिमाल
गई विदेश बनाउ स्वदेश नेपाली युवक
यी लाली गुराँस भुइचम्पा फुल बास्नाले छाएको
तिम्रै हो देश शान्तिको सन्देश बुद्घले छरेको
कुवाँमा डुबुकी डाँडामा रोऔं हेरेरमूल बाटो
एक दिन हैन वर्ष दिन हैन अनगिन्ती दिनको
सम्झना आउछ, वाडूकी लाग्छ, सम्झना हुन्छ उसैको
मर्नु न बाच्नु साह्रै नै पर्यो नेपाली चेलीको
नेपाली चलन विदेशी गमन नराम्रो कुरीती
तोडेर बस ऐर्श्वर्य सम्झ बरु होस गरिवी
बाचौला संगै, सन्तोषको सास फेरेर स्वदेशमै
उकाली बाटो बनाउला सम्मै नेपालमै रहेर
March-19-2008
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)