~रश्मिला कवाङ~
सन्धयाकालिन पर्यावरणभित्र शून्यता
बाटा खालीखाली पथिक खाली
लुरुलुरु हिडिरहेकी म लाग्यो आज मेरै रैछ बाटो
कुन देशकी महारानीझै अदम्य साहसले
आदिर नेपालकी विरगाना छोरी न परे
आफ्नो राष्टको निम्ति मरिमेट्तै
हरेक नागरिकको परिचय राष्टप्रेमबाट हुन्दो हो,
र त यी सेतासेता हिउँ जम्ने देशमा पनि
राष्टभाव उथलपुथल भएर जाग्दो हो
चिप्ला मोटरगाडि टिटि हर्णसँगै
वियरका नदीहरुसँगै रातभरीको होहल्लासँगै
गजबको छ राष्टप्रेमपनि अमर र अजर
निडर र निश्चल हर्षका झयालीहरु
हो जीतको झ्याली मन तन र सबैमा
कति अनुशासित छ जीतको झ्याली पिटाई पनि
म हेरिरहेको छु एक सुरले अनुभव बटुलीहरेको छु
कठै नेपाली राष्टप्रेम झझल्ली याद आउँछ ।
शरीरका हरेक बुँद बुँद राष्टभावले उर्लने गर्दथ्यो कलान्तरमा
रातो रगतमा मात्र राष्टप्रेम दौदिरहन्थ्यो
तर आज खोइ त्यो राष्टप्रतिको जीत कहाँ छ?
जीतको झ्याली पिट्ने वीरहस्तहरु कहाँ हराए
मनमनै लाग्यो जीतको झ्याली पिटुँपिटुँ
नेपाली लोकभाकामा कम्मर लड्काएर
मारुनी र देउडमा नाचेर ।
रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )