गजल : लाम लगाउँछु

~ए.पी. सुमन~A P Suman

पहिला म बेरोजगारहरूको लाम लगाउँछु
अनि सबैलाई एकुन ओटा काम लगाउँछु

तिमी याद बिर्साउने औषधी पत्ता लगाउँ
म बस् त्यसैमा भएभरको दाम लगाउँछु

आऊ जाँची हेरौँ स्वर कस्को बुलन्द हुन्छ
तिमी सुन लगाऊ म फलाम लगाउँछु

सुनेर नि नसुने झैँ गर्नेहरू खबरदार !!!
सबैको घैँटोमा पालैपालो घाम लगाउँछु

(स्रोत : मझेरी डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.