~दिव्य गिरी~
रातभर जून रोयो तिमीलाई सम्झी
दिन पनि उदास रहृयो तिमीलाई सम्झी ।
फुलेका थे मखमली बेली चमेली
गुलाफको फूल छोयो तिमीलाई सम्झी ।
मनभरि तिमी नै आखँभरि तिमी नै
सपनामा बर्बराउने को हो तिमीलाई सम्झी ।
साउनको वषर्ासरि आँसु खसालेर
मनको सारा पीडा फोयो तिमीलाई सम्झी
मुटु दुख्दा छाती पोल्दा मन चस्किँदा
आँसुले नै घाउ धोयो तिमीलाई सम्झी ।
टीकाथली-५, ललितपुर, काठमाडौं
(स्रोत : युवामञ्च २०६७ कात्तिक)