~रामचन्द्र कार्की~
फुल्यो फुल हावा आई उडाई लग्यो हुरीले,
यो मनचाहि छिया छिया, बचन रुपी छुरीले ।
बिश्वास गरि आँट गरेँ चढाउनलाई ताँदो,
तित्रा जस्ती तिमी सामु, अन्जान म त आँदो ।
जत्रो रुख छ उत्रै छायाँ, पीपल र पाती,
मेरो माया मुठी हुदा तिम्रो माया पाथी ।
दोबाटो र चौबाटोमा, तानातान हुँदा तिमी,
परेलाले थाहा पाई, भाथ्यो झिमीझिमी ।
पहाड पनि टार बन्छ, ढल्यो भने ढिस्को,
मेरो माया दुई भयो, तिम्रो हुदा बिसको ।
अमृतको प्याला भर्छौं, बाँड्छौं हाँसी हाँसी,
मलाई दिने पालो आउदा, भन्यौ काशी काशी ।
जमिन मुनी लुकि फल्ने, तरुल र आलु,
अग्लो बोट हुन दिन्न, भन्छौ क्यारी ढाँलु ।
गिट्ठा सोच छाक होईन, औषधीको रुप छ,
चट्ट चट्ट काट बरु, घोच्यौ भने दुख्छ ।
नजिक आई न्याउली, न्याउल न्याउल रोयो,
सानत्वनाको आशा गरि, मनको बह फोयो ।
क्यारी बुझँु भाषा मैले, क्यारी भनँु नरो,
मेरो जस्तै उसको पनि, चुँडिएछ जरो ।
शिकारी नै निष्ठुरी हो, आत्मा भित्र गोली,
क्यारी देखोस् आत्मा भित्र, बगेको त्यो खोली ।
मेरो माया लुटे जस्तै, न्याउलीको जीवन,
चुँडिएको गाँस्दा खेरी, कस्तो होला रीवन ।
मेरो चुलो खनेर न,ै उसले गल्ली पुर्छ,
प्वाँख समेत काटिएको, चरो क्यारी उड्छ ।
जस्को छैन मनमुटु, के छ के छ भित्र,
निधारका दुई आँखा, नाम मात्रका चित्र ।
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)