~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~
कोई भन्छन प्यारी डार्लिङ कोई भन्छन् सुवा
मुस्कान भन्छ भगवान् हुन आफ्ना आमा बुवा
फोटोमा नै शिर झुकाउन्छु बर्दान पन माग्छु
प्रत्येक दिन फादर डे सोच्छु काम गर्न लाग्छु
सानै छदा दिनु हुन्थ्यो काखको शितल छाया
अन्त काई नपाईदो रैछ बुवा आमाको माया
देबी देउता पुज्नु पैला बुवा आमालाई पुज्नु
सेवामा केई कम नगर्नु यो कुरालाई बुझ्नु
भाग्य को कुरा हो हजुर सेवा गर्नु पाउनु
दु:ख नदिनु बुवा आमाको मन नरुवाउनु
बाल्यकालमा दु:ख सुख गर्यो पढायो लेखायो
हात समाई हट्नु सिकायो सत्य बाटो देखायो
पढि लेखी जवान छोरा जान्छन् जागिर तिर
बुढेशकाल बा-आमा एक्लाई मान्दा हुन पिर
घर बुढा बुवा आमा हामी-लाई सम्झी रुना
उनको सेवा गर्न छाणी हामी प्रदेशका कुना
बुवाको मुख हेर्ने दिन विशेष
मान बहादुर के.सि. ‘मुस्कान देऊडाप्रेमी’
मंगल्सैन ४ अछाम
हाल- फुजैराह यू.ए.ई
(स्रोत : Nepaljapan.com)